बिनाछानबिन अपहरणकारी भारतीय प्रहरी छाडिएको भन्दै जनमोर्चाको आपत्ति
आइतबार, २१ जेठ २०७४, १८ : ५०
काठमाडौं, जेठ २१– अपहरणकारी भारतीय प्रहरीलाई बिनाछानबिन छाडिएको भन्दै राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति जनाएको छ ।
भारतीय प्रहरीहरु अनधिकृतरुपमा नेपाल प्रवेशगरी जेठ १८ गते डोटीको दिपायल–सिलगढी नगरपालिकाको लडागडा गाउँबाट एकजना नेपालीलाई अपहरण शैलीमा गिरफ्तार गरी भारततर्फ लगिएको थियो ।
अपहरणकारी भारतीय प्रहरीलाई नेपाल प्रहरीले गिरफ्तार गरे पनि सरकारले विनाछानबिन मुक्त गरेको भन्दै जनमोर्चाले आपत्ति जनाएको हो ।
‘भारतीय विस्तारवादले नेपालको राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय राजनीतिदेखि व्यवस्थापनसम्मका कुराहरुमा हस्तक्षेप गर्दै आएको छ ।’– जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अपहरणको शैलीमा गिरफ्तार भएका नेपाली यदि कुनै अपराधी भएको भए अन्तर्राष्ट्रिय कानुन, दुई देशबीचका सन्धि सम्झौता र कानुनी प्रक्रियाअनुसार सुपुदर्गीका लागि कारबाही चलाउनु पर्ने र उनलाई कानुन अनुसार सजाय गरेमा मात्रै सहि हुने जनमोर्चाको भनाइ छ ।
केही वर्ष अगाडि काठमाडौं बानेश्वरबाट यस्तै शैलीमा भारतीय प्रहरीले नेपालीलाई अपहरण गर्न प्रयत्न गरेका थिए भने केही महिनाअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमै स्थानीय गोविन्द गौतमको हत्या गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण