आफूले काम लगाउन सकिने मान्छेलाई मत दिऔँ : पूर्वप्रधानन्यायाधीश
आइतबार, २१ जेठ २०७४, २० : ११
सोलुखुम्बु, जेठ २१ – पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवाधिकार आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्यायले यसपटक स्थानीय निकाय नभई स्थानीय तहको निर्वाचन भएका कारण सोहीअनुसारको व्यक्तिलाई मतदान गर्नुपर्ने बताएको छ ।
लोकतान्त्रिक स्वतन्त्र मानवाधिकार संस्था, काठमाडौँको आयोजनामा आज सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न ‘स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन’ विषयक अन्तक्र्रियामा उपाध्यायले निर्वाचनबाट स्थानीय सरकार गठन हुने भएकाले आफूहरुले काम लगाउनसक्ने व्यक्तिलाई छनोट गर्नुपर्ने बताउँदै स्थानीय तहमा गठन हुने सरकारले केके काम गर्छ र त्यसमा कस्ता व्यक्ति उपयुक्त हुन्छन् भन्ने कुराको ज्ञान आम नागरिकसम्म पु¥याउन सबै पक्ष लाग्नुपर्ने बताए ।
कार्यक्रममा इन्सेकका अध्यक्ष सुशील प्याकुरेलले अहिलेको निर्वाचनलाई पनि २०५४ को स्थानीय निकायकै रुपमा बुझिएको पाइएकाले यसप्रतिको ज्ञान प्रवाह गर्नुपर्ने भन्दै दल जुन भएपनि व्यक्ति सक्षम खोज्न नागरिकलाई आकर्षित गर्नुपर्ने बताए ।
कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे र प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जिल्लामा हालसम्मको अवस्थामा सुरक्षा चुनौती निकै कम रहेको र धाँधलीरहित निर्वाचन गराउन आफूहरु तयार रहेको बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, सङ्घसंस्था तथा सञ्चारकर्मीले निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि प्रशासन विभेदरहित हुनुपर्ने र दलहरुले जिम्मेवारीपूर्वक कार्यक्रम गर्नुपर्ने बताएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण