शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौंका ९ स्थानमा यती बैंकले जेब्राक्रसिङ्ग मर्मत गर्ने

आइतबार, २१ जेठ २०७४, २० : २४
आइतबार, २१ जेठ २०७४
काठमाडौं, जेठ २१,– यती डेभलपमेन्ट बैंकले काठमाडौंका ९ स्थानमा जेब्राक्रसिङ्ग मर्मत गर्ने भएको छ । आइतबार बैंकको मुख्य कार्यालय दरबारमार्गमा ट्राफिक प्रहरी महाशाखा प्रमुख (डिआईजी) मिङ्गमार लामा र बैंकका कामु प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालबीच यस्तो समझदारी भएको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ तथा ट्राफिक प्रहरी वृत दरबारमार्गको समन्वयमा जेब्राक्रसिङ्ग मर्मत गर्न लागेको बताइएको छ । बैंकले दरबारमार्ग क्षेत्रमा केन्द्रित भएर जेब्रा क्रसिङ्गहरुको मर्मत गरिदिने सझदारी भएको महानगरीय ट्राफिक प्रहरी वृत दरबारमार्गका प्रमुख (इन्सपेक्टर) सुनिलजंग शाहले जानकारी दिए । दरबारमार्ग बाहेक पैदलयात्रीको बढी चाप हुने अन्य स्थानमा पनि जेब्राक्रसिङ्ग रङ्ग रोगन गरी सर्वसाधारणलाई सजिलै जेब्राक्रसिङ्ग पहिचान गर्न सहयोग गर्ने उद्देश्यले जेब्रा क्रसिङ्ग मर्मत गर्न लागिएको बैंकले जनाएको छ । यति बैंकले आम सरोकारको विषय पहिचान गरी पैदल यात्रुलाई बाटो काट्न सहज बनाईदिनेजस्तो प्रसंसनिय कार्य गरेकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्गमार लामाले खुशी ब्यक्त गर्दै धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप