शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

देउवालाई समर्थन गरेको राजपाले माग्यो लिखित प्रतिवद्धता

आइतबार, २१ जेठ २०७४, २० : ५४
आइतबार, २१ जेठ २०७४
काठमाडौ जेठ २१– राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्नका लागि लिखित सहमति माग गरेको छ । आइतबार दिनभरी बसेको राजपा नेपालको बैठकले प्रधानमन्त्रीका उम्मेदवार देउवाले मधेशको माग पूरा गराउनका लागि के के गर्ने त्यसको विषयमा लिखित सहमति हुनुपर्ने निष्कर्ष निकालेको सो पार्टीका महासचिव केशव झाले जानकारी गराए । तीन बुँदे सम्झौताको आधारमा बनेको यो गठबन्धनलाई समर्थन गर्ने नै हो तर समर्थन गर्नुअघि प्रधानमन्त्रीका उम्मेदवार देउवाले लिखित सहमति गर्नुपर्ने उनले बताए । ११ वजे प्रधानमन्त्रीका लागि चुनाव हुने भनी राजपा नेपालका नेताहरु विहान ९ वजे नै बैठक बसेका थिए । तर ११ बजेको बैठक एमालेको अवरोधका कारण सरेपछि उनीहरुको बैठक पनि लम्बिएको थियो । राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले प्रधानमन्त्री चयन हुने अनिश्चित भएपछि निर्णय गर्न आफूहरुले हतार नगरेको बताए । प्रधानमन्त्रीका लागि मतदान हुने निश्चित भएपछि आफूहरुले निर्णय सार्वजनिक गर्ने बताए । उनले मधेशको माग पूरा गराउन प्रधानमन्त्रीका उम्मेदवार कस्तो गम्भीर रहेको त्यसको प्रतिवद्धता आउनुपर्ने बताए । यो पनि, 

राजपा नेपालले पनि देउवालाई समर्थन गर्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप