शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हत्या अभियोगमा माओवादीका पोलिटब्यूरो सदस्यसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

आइतबार, २१ जेठ २०७४, २१ : १७
आइतबार, २१ जेठ २०७४
दोलखा, जेठ २१– नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित तीन जनाविरुद्ध हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । स्थानीय तह निर्वाचनको पहिलो चरणको निर्वाचनकाबेला वैशाख २६ गते गौरीशंकर गाउँपालिकामा भएको झडपमा मारिएका कुलबहादुर तामाङको हत्या गरेको भन्दै किटानीका साथ तीन माओवादी नेताविरुद्ध मुद्दा दर्ता गरिएको हो । माओवादी केन्द्रकी पोलिट्ब्युरो सदस्य देवी खड्का र गंगा कार्की तथा माओवादी केन्द्रका दोलखा जिल्ला अध्यक्ष विशाल खड्काविरुद्ध किटानीका साथ जिल्ला अदालत दोलखामा जाहेरी दिइएको छ । देवी खड्का पूर्व राज्यमन्त्री समेत हुन् । विशाल देवीकै सहोदर भाइ हुन् । दोलखा जिल्ला सरकारी वकिलको कार्यालयले तीन माओवादी नेतासहित ४० विरुद्ध हत्या मुद्दा दर्ता गराएको छ । झडपमा मृत्यु भएका कुलबहादुर एमाले वडा सदस्यका उम्मेदवारका गोरे तामाङका छोरा हुन् । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार किटानीका साथ मुद्दा दायर गरेको हो । अदालती प्रक्रियामा प्रवेश यो मुद्दामाथि सोमबारदेखि थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप