पोखरीमा डुबेर मृत्युभएका दुई बालिकाको मृत्यु रहस्यमय बन्दै
आइतबार, २१ जेठ २०७४, २१ : २९
रत्ननगर (चितवन), जेठ २१ – दक्षिण चितवनको माडीको रामराज्यपुरस्थित पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको भनिएको घटना रहस्यमय बनेको छ ।
कर्तव्य गरेर उनीहरुको ज्यान गएको भन्दै माडीमा स्थानीयले आज प्रदर्शन गरेपछि घटना रहस्यमय बनेको हो । उनीहरुले घटनाको अनुसन्धान गरी दोषिलाई तत्काल कारबाही गर्नसमेत माग गरेका छन् । बालिकाको शरीरका विभिन्न ठाउँमा चोट देखिएको र रगतसमेत देखिएको भन्दै कसैले हत्या गरेको आशङ्का उनीहरुको छ ।
भरतपुरमा पनि विभिन्न १९ सङ्घसंस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
अधिकारकर्मी अम्बिका मुडभरीले घटनाको प्रकृति हेर्दा बलात्कारको आशङ्का रहेको भन्दै प्रहरीले यथाशक्य चाँडो दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने बताए ।
शनिबार साथीहरुसँग वनभोज खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीय दिपशिखा परियार र सात वर्षीया दीपिका सुनारलाई पोखरीमा डुबेको अबस्थामा फेला पारिएको थियो । उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको थियो ।
अहिले मृतक बालिकाको शवपरीक्षण भए पनि प्रतिवेदन प्राप्त भइनसकेको र घटनाको अनुसन्धान भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण