शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मादी नदीमा डुवेर अहमददिन मियाँको मृत्यु

आइतबार, २१ जेठ २०७४, २१ : ४३
आइतबार, २१ जेठ २०७४
किरण श्रेष्ठ दमौली, जेठ २१– मादी नदीमा डुवेर आइतवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुने भानु नगरपालिका वडा नं १३ निवासी ३७ वर्षीय अहमददिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए । २, ३ दिनअघि घरबाट निस्केका मियाँ शिशाघाटस्थित मादी नदीमा डुबेर मृत्यू भएको अवस्थामा भेटिएको हो । मृतकको शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको छ । पारिवारिक स्रोतका अनुसार मियाँमा केहि मानसिक असन्तुलन रहेको थियो । मादी नदीमा यसअघि पनि मानिसहरुको डुबेर मृत्यु हुने गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप