पोखराको पर्यटन विकासमा जोड
सोमबार, २२ जेठ २०७४, ०८ : १५
पोखरा, २२ जेठ - नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित वडा अध्यक्ष जगतबहादुर पहारीसहितका जनप्रतिनिधिलाई आइतबार सम्मान गरेको छ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठ एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराका अध्यक्ष सोम थापाले पोखरालाई विश्वको उत्कृष्ट गन्तव्य बनाउन नवनियुक्त अध्यक्ष श्रेष्ठ र नवनिर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउन सबै राजनीतिक दल, नागरिक समाजसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित अध्यक्ष जगतबहादुर पहारीले पोखराको मुख्य पर्यटकीय आकर्षण फेवाताल–६ नं वडामा नै पर्ने भएकाले यसको संरक्षण र विकासका साथै यस क्षेत्रको विकासका लागि आफू सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले समृद्ध पोखराको निर्माणका लागि सम्पूर्ण पोखरेलीको सहकार्य र एकता आवश्यकता रहेकोमा जोड दिए ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन प्रदेश नं ४ का अध्यक्ष गोविन्द पहारीले विकास निर्माणका लागि राजनीतिबाट माथि उठ्नु पर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेल, निट पोखराका सल्लाहकार निलकण्ठ शर्मा र लक्ष्मीबहादुर भट्टराई, वरिष्ठ उपाध्यक्ष शिवराज अधिकारी, उपाध्यक्ष पशुपति शर्मा, नवनिर्वाचित वडा सदस्य हरिकृष्ण पहारी, पुण्य पहारी र राममाया विकलगायतले सुन्दर पोखराको निर्माणमा सबैको साथ र सहकार्य आवश्यक हुनेमा जोड दिए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण