शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचनबारे अन्तक्रिया कार्यक्रम

सोमबार, २२ जेठ २०७४, ०८ : ३०
सोमबार, २२ जेठ २०७४
भद्रपुर, २२ जेठ - जिल्ला निर्वाचन कार्यालय भद्रपुर झापाद्वारा निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्नका लागि निर्वाचन आचारसंहिता पालना गराउन विर्तामोडस्थित आइतबार सरोकारवालसँग अन्तक्र्रया गरिएको छ । एक दिने सो अन्तक्र्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीको सहभागिता थियो । सो अवसरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत इन्द्र योङहाङले निर्वाचन आचारसंहिता विषयमा प्रतिवेदन प्रस्तुत र मतदाता शिक्षाका लागि एक वृतचित्र पनि प्रस्तुत गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गणतन्त्रको फल जनताको घरदैलोसम्म पु¥याउन स्थानीय तहको निर्वाचनले धेरै ठूलो भूमिका निर्वाह गर्ने बताए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचनको समयमा शान्ति सुरक्षालाई बलियो बनाउन प्रहरी प्रशासनले कुनै पनि कसर बाँकी नराख्ने बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप