लागुऔषधसहित दुई युवा पक्राउ
सोमबार, २२ जेठ २०७४, ०९ : ११
नवलपरासी, २२ जेठ - नवलपरासीमा इलाका प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–८ मा यात्रुबाहक बसबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन रत्ननगर–१२ बस्ने वर्ष २५ का गोविन्द प्रधान र काठमाडौँ–१७ क्षेत्रपाटी बस्ने वर्ष २२ का रोहन माली छन् ।
उनीहरुलाई आइतबार नवलपरासीको त्रिवेणीबाट काठमाडौँ जाँदै गरेको लु १ ख ७९४५ नम्बरको यात्रुबाहक बसबाट लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट नाइट्रोभेट ३०० ट्याबलेट, फेनेरागन २२, डाइजापाम २२ र ३ वटा सिरिन्ज बरामद गरिएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण