कृषि कार्यालयको भवन शिलान्यास
भद्रपुर, २२ जेठ । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जिल्ला कृषि विकास कार्यालय भद्रपुर झापाको भवनको आज यहाँ एक समारोहको बीच शिलान्यास गरे ।
रु दुई करोड १५ लाख ८९ हजार लागतमा निर्माण हुने सो भवनको निर्माण कार्य २०७५ साउन १० गते सम्पन्न हुने बताइएको छ ।
सो अवसरमा जिल्ला कृषि विकास कार्यालय, भद्रपुरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले नवनिर्माण हुने भवनले सरकारी कामकाजमा सहज हुने चर्चा गरे ।
यसैगरी, विश्व वातावरण दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारीको निवास परिसरमा आयोजित वृक्षरोपण कार्यलाई प्रमुख जिल्ला अधिकारी खत्रीले वृक्षरोपण गरेर शुभारम्भ गरे ।
साथै, ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ प्रमुख नारा रहेको विश्व वातावरण दिवसको अवसरमा जिल्ला समन्वय समिति झापाद्वारा पनि सरसफाइ कार्यक्रम गरियो ।
चन्द्रगढीस्थित कभर्ड हलबाट सुरु भएको सरसफाइ कार्यक्रम सरकारी कार्यालयसम्म आएर सकिएको थियो ।
सो कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, कार्यालय प्रमुखहरु, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण