शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खोटाङको लिकुवापोखरीमा चितुवा आतङ्क

सोमबार, २२ जेठ २०७४, १३ : ४९
सोमबार, २२ जेठ २०७४

खोटाङ, २२ जेठ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाले आतङ्क मच्याएको छ । चितुवाले खोटेहाङ गाउँपालिका–१ मा पर्ने लिकुवापोखरीमा अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ ।

जङ्गलबाट गाउँ पसेको चितुवाले चार दिनअघि एकैपटक स्थानीय टङ्क तिमल्सिनाको तीनवटा खसी मारेको स्थानीय पशु प्राविधिक दिपेश खड्काले जानकारी दिए । “स्थानीयवासी सनमान खड्काको यसअघि पटक–पटक गरेर १२ वटा खसीबाख्रा मारेको थियो ।” उनले भने – “राति खोरमा पसेर र दिउँसो चरनमा गएको समयमा चितुवाले अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ ।”

तीन महिनाअघिदेखि गाउँ पसेको चितुवाले दर्जन बढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासीले बताएका छन् । गाउँमा पसेर चितुवाले धमाधम खसीबाख्रा मार्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

गत वर्ष पनि गाउँमा चितुवा पसेर खसीबाख्रा, गाईगोरु मारेको स्थानीयवासीले बताएका छन् । यस वर्ष पनि सोही बाघ गाउँ पसेको स्थानीयवासीको अनुमान छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप