बेस्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
सोमबार, २२ जेठ २०७४, १७ : ४६
काठमाडौं, जेठ २२–बेस्ट रेमिट नेपाल र एभरेष्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यो सम्झौतापछि बेस्ट रेमिट,एभरेष्ट बैंकको एकमात्र आधिकारिक भुक्तानी एजेन्ट पनि बनेको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा बेस्ट रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र एभरेष्ट बैंकका तर्फबाट नायव महाप्रबन्धक राजिव जैनले हस्ताक्षर गरे ।
सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिदै बेष्ट रेमिटका प्रबन्ध निर्देशक पौडेलले विदेशबाट बैंकिङ च्यानलमार्फत पैसा पठाउनेको पहुँच बृद्धि गर्न तथा रेमिट्यान्स रकमलाई सेवाग्राहीसम्म सहज ढंगमा पु¥याउन एभरेष्ट बैंकसँगको सम्झौताले थप आयाम थपेको जनाए ।
विश्वका विभिन्न मुलुकबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउँदै आएको बेस्ट रेमिटले यो सम्झौतापछि एभरेष्ट बैंकमार्फत विश्वका विभिन्न मुलुकबाट भित्रिएको रेमिट्यान्स रकम पनि आफ्ना मुलुकभर रहेका ५ हजारभन्दा बढी एजेन्ट तथा सव–एजेन्ट र सम्झौता भएका बैंक तथा वित्तिय संस्थाबाट लिन सकिने जनाएको छ ।
बेष्ट रेमिटले आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजानविभिन्न बैंक तथावित्तीय संस्थाहरुका साथै नीजिकम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतालाई प्राथमिकतादिदै आएको छ । बेष्ट रेमिटले खाडी तथाअन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण