शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेसले रुपन्देहीमा मेयरको उम्मेदवार टुंग्यायो

सोमबार, २२ जेठ २०७४, १७ : ४७
सोमबार, २२ जेठ २०७४

रुपनदेही, जेठ २२ –स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका उपमहानगरपालिका तथा नगरपालिकाहरुमा नेपाली काँग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले सोमबार बुटवल उपमहानगरपालिका सहित ६ नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो । नेपाली काँग्रेसले सिद्धार्थनगर नगरपालिकामा क्षेत्र नं. २ का क्षेत्रीय सभापति मात्रिका प्रसाद यादवलाई मयरको उम्मेदवार बनाएको छ ।

यसैगरि बुटवल उपमहानगरपालिकामा नगर समितिका सभापति खेलराज पाण्डेलाई मेयरको उम्मेदवार बनाईएको छ । उनी बिद्यार्थी कालदेखि नै नेपाली काँग्रेसको सक्रिय राजनीति गर्दै आएका छन् । त्यस्तै तिलोत्तमा नगरपालिकामा जिल्ला सचिव रामकृष्ण खाँणलाई मेयर बनाएको छ ।

उनी नेपाली काँग्रेसको यसभन्दा अंघिल्लो कार्य समितिमा पनि सचिवमा नै बसेर काम गरेका थिए । नेपाली काँग्रेसले देवदह नगरपालिकामा क्षेत्र नं. १ का सभापति हिराबहादुर खत्रीलाई मेयरको उम्मेदवार बनाएको छ । युवा उद्यमी खत्री यस भन्दा अंगाडी पार्टीको जिल्ला सचिव थिए । त्यस्तै गरी सैनामैना नगरपालिकामा जिल्ला सदस्य फणेन्द्र शर्मालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनि पूर्व जिल्ला उपसभापतिमा रहेर पार्टीका काम गरेका थिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने नेपाली काँग्रेसले यस अंगाडी नै मोहम्मद सईद खाँ लाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो । खाँ लुम्बिनी सांस्कृतिक नगरपालिकाका पार्टीका नगर सभापति हुन् ।

उम्मेदवार टुङ्गिन भन्दा अंगाडीदेखि नै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार जिताउनका लागि हरेक स्थानमा प्रचारका कार्यक्रम गर्नुका साथै रणनीतिक योजना समेत कतिपय स्थानमा बनाईसकेका छन् । तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीसंग नेपाली काँग्रेसले चुनावी तालमेल गरि प्रचारलाई तिब्रता दिएको थियो । सो नगरमा मेयर नेपाली काँग्रेसले लिनेगरी उपमेयर र केही वडा जनमुक्तिलाई बाँडफाँड गरिएको छ । त्यस्तै बुटवलका बिभिन्न वडामा पनि नेपाली काँग्रेस र जनमुक्ति बिच चुनावी तालमेल भएको छ । त्यस बाहेकका स्थानीय तहमा बिभिन्न पार्टीसंग चुनावी तालमेलका लागि पहल भईरहेको नेपाली काँग्रेस रुपन्देही जिल्ला प्रचार प्रसार समन्वय समितिका संयोजक विश्वेश्वरप्रसाद बस्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप