यस्तो रह्यो दक्षिण एसियाली प्रशिक्षणमा नेपाली किसानको सहभागिता
सोमबार, २२ जेठ २०७४, ०६ : ३९
काठमाडौँ, जेठ २२ – किसानहरुको विश्वव्यापी सङ्गठन लाभिया क्याम्पेसिनाको आयोजनामा दक्षिण एसियाका युवा किसानको पाँचदिने प्रशिक्षण सम्पन्न भएको छ ।
भारतको लखनउमा यही जेठ ११ देखि १६ गतेसम्म भएको प्रशिक्षणमा दक्षिण एसियाका युवा किसानको समस्या र चुनौतीको समाधान गर्दै युवालाई कृषि पेसामा आकर्षित गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा भारतीय किसान युनियनको स्थानीय व्यवस्थापन रहेको उक्त शिविरमा नेपाल, बंगलादेश र श्रीलङ्काका साथै भारतका कर्नाटक, तमिलनाडु, मध्यप्रदेश, उत्तरप्रदेश लगायत स्थानका सङ्गठनको प्रतिनिधित्व थियो । फ्रान्स र इन्डोनेसियाका पर्यवेक्षकसमेत सहभागी उक्त कार्यक्रममा दलित, महिला, आदिवासी, विद्यार्थीसमेत लगभग ७० युवाको प्रतिनिधित्व थियो ।
प्रशिक्षणमा नेपालका तर्फबाट प्रमेश पोखरेलले खाद्य सम्प्रभुता र सार्वजनिक नीतिका बारेमा प्रस्तुति दिँदै नेपालमा जनताको सङ्घर्षबाट संवैधानिक रुपमा मौलिक हकका रुपमा खाद्य सम्प्रभुता रहेको उल्लेख गरे । कार्यशालामा भाग लिन नेपालबाट अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य पोखरेलको नेतृत्वमा गएको १२ सदस्यीय नेपाली युवा किसानको प्रतिनिधिमण्डल त्यसतर्फ गएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण