गोसाइँकुण्डमा पाँच हजार भक्तजन
सोमबार, २२ जेठ २०७४, २१ : ०८
रसुवा, जेठ २२ – पवित्र तीर्थ गोसाइँकुण्डमा लाग्ने यस वर्षको गङ्गादशहरा पर्वमा करिब पाँच हजार भक्तजनले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
यही जेठ १२ गते सुरु भएको मेलाको पहिलो दिन काठमाडौँकी एक महिला भक्तजनको डुबेर निधन भएको थियो । अन्य सबै यात्रु सकुशल फर्किएको प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले बताए ।
मेला भर्न आएका नुवाकोट विदुर, बगुवाका रामप्रसाद रिमालले नेपाल टेलिकमको नेटवर्क नचल्दा पहाड चढ्दा बिरामी अवस्था परे घरपरिवारलाई खबर र गम्भीर अवस्था परेमा छिटो उपचारार्थ लान हेलिकप्टर झिकाउनसमेत समस्या देखिएकाले सञ्चारको व्यवस्थामा विशेष ध्यान दिन सम्बन्धित निकायलाई सुझाव दिए ।
पौराणिक कालमा राजा भगीरथले आफ्ना साठी हजार छोराको मुक्तिका लागि तपस्या गरी गङ्गा(भागीरथी) नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ । यो दश प्रकारका पाप नाश हुने भनी गङ्गा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन पनि हो ।
समुद्री सतहबाट १४ हजार १०० फिको उचाइमा अवस्थित धार्मिक–पौराणिकस्थल गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका अवसरमा विशेष मेला लाग्छ । समुद्रमन्थनबाट प्राप्त हलाहल विषको सेवनबाट डाह भई शीतलता प्राप्त गर्न पार्वतीको माइती हिमालय पर्वतमा जान हिँडेका शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगी नीलखेतमा जम्दा गोसाइँकुण्ड उत्पत्ति भएको र शिव त्यहीँ शयन गरेको बताइन्छ ।
शिवलाई गोसाइँकुण्डमा शयन गरेको अवस्थामा अहिले पनि देखिने भक्तजन बताउँछन् । गोसाइँकुण्ड जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने तीर्थ मानिन्छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण