यी हुन एमालेका राजविराज मेयर उपमेयरका उम्मेद्वार
बिहीबार, २५ जेठ २०७४, १९ : ४२
सौरभ यादब
राजबिराज, जेठ २५ – असार १४ गते हुने स्थानिय तहको दोश्रो चरणको निर्वाचनका लागि एमाले सप्तरीले सदरमुकाम राजविराजको मेयर उपमेयरको उम्मेदवारको नाम मंगलबार घोषणा गरेको छ ।
एमाले पार्टी कार्यालय राजविराज ८ स्थित मदननगरमा आयोजित पार्टी प्रवेश एवं उम्मेदवार घोषणा कार्यक्रममा एमालेका पोलिट्ब्युरो सदस्य रामप्रित पासवानले विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराएका थिए ।
मेयरका उम्मेदवार सुखराम यादव राजविराजस्थित ग्लोबल सहकारी संस्थाका संस्थापक हुन् भने उपमेयरका उम्मेदबार ममता चौधरी विद्यार्थी कालदेखि नै एमालेकी सक्रिय सदस्य रहेकी छिन् । यादव सेवानिवृत बैंक कर्मचारीका साथै नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत हुन् ।
यसैगरि पोलिट्ब्युरो सदस्य पासवानले राजविराज ७ स्थित नेकपा एमाले नगर प्रचार प्रसार समितिको कार्यालयको पनि मंगलबारै उद्घाटन गरे । सो अवसरमा एमाले केन्द्रिय सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, दिवाकर देवकोटा लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण