कांग्रेस सभापतिसहित ७० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
शुक्रबार, २६ जेठ २०७४, २२ : ०७
सोलुखुम्बु, जेठ २६– सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाका कांग्रेस पार्टी सभापति ईन्द्रकुमार राईसहितका ७० जना कांग्रेस र १ दर्जन एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शुक्रबार सोताङमा आयोजित माओवादी केन्द्रको जनसभाका क्रममा कांग्रेस नेता राईसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशी राई चालीस वर्ष लामो राजनीतिक इतिहास बोकेका पूर्व गाबिस अध्यक्ष तथा हाल नेपाली कांग्रेस सोताङ गाउँपालिकाका सभापति हुन् । राईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका थिए ।
माओवादी केन्द्र प्रवेश गर्ने कांग्रेसका नेता, कार्यकर्ताहरुमा भबिशंकर राई, ईन्द्रकुमारी राई, गोकर्ण राई, मुगाधन राई, हेमबहादुर राई, जस्मा राई, बिमला राई, चित्तमणि राई, प्रविता राई, ईन्द्रबहादुर राई, खड्कबहादुर बिक, रुद्रबहादुर बिक, रमेश मगर, विष्णु मगर, सुवाससागर मगर, रत्नकुमारी मगर, मेगबहादुर मगर, विष्णुमाया मगर, बीरबहादुर कुलुङ, देविका मगर, चन्द्रबहादुर मगर, हर्किमाया मगर, कमल बहादुर बस्नेत, आरती राई, किराँत राई, धनकुमार राई, भीमराज राई, लालीमाया राई, सालिनी राई, देशबहादुर राई, मदन राई, प्रदीप राई, नीरकुमार राई, भूपध्वज नाछिरिङ, जसबहादुर राई, कुमारसिंह राई, मीना राई लगायत रहेका छन् ।
जनसभामा नेकपा एमालेबाट टेकबहादुर राई, प्रतिमान राई, प्रदीप राई, कर्ण बस्नेत, भूपाल मगर लगायतका एक दर्जन कार्यकर्ता समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा बोल्दै नवआगन्तुक कांग्रेस सभापति राईले माओवादी पार्टीले लिएको राजनीतिक दिशा र समृद्धिको कामबाट आफू प्रभावित भएर माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
-
सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
-
जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ
-
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण