३,५०० हेक्टर वनमा नोक्सानी
शनिबार, २७ जेठ २०७४, १० : १८
दाङ, २७ जेठ । दाङमा यस वर्षको गर्मी मौसममा ५४ स्थानका वन क्षेत्रमा आगलागी भएको छ । चौंतीस वटा सामुदायिक र २० वटा राष्ट्रिय वन क्षेत्र गरी ५४ स्थानमा आगलागी भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।
उक्त आगलागीबाट झन्डै तीन हजार ५०० हेक्टर क्षेत्रको वनमा नोक्सानी भएको छ । सामुदायिक वनको दुई हजार ४९५ हेक्टर र राष्ट्रिय वनको ९९० हेक्टर गरी तीन हजार ४८५ हेक्टर वन क्षेत्रमा आगलागी भएको वन कार्यालयका सहायक वन अधिकृत हरि गौतमले जानकारी दिए ।
गत वर्ष १५३ स्थानमा आगलागी हँुदा २४ हजार ९६१ हेक्टर वन क्षेत्रमा नोक्सानी भएको थियो । आगलागीले साना बुट्यान जल्ने गरेका छन् । बर्सेनि यहाँका वन क्षेत्रमा आगलागी हुँदै आए पनि आगो लगाउनेको भने पहिचान र उसमाथि कारबाही हुन सकेको छैन ।
बीचमा पानी परेका कारण पनि अहिले कुनै पनि क्षेत्रका वनमा आगलागी नभएको वन कार्यालयले जनाएको छ । सम्भव भएसम्मका क्षेत्रमा सुरक्षाकर्मी, वन रक्षक र उपभोक्ताले आगो निभाएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता समिकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
-
जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ
-
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण