बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी झोला वितरणमा आयोगको रोक

शनिबार, २७ जेठ २०७४, १६ : ४४
शनिबार, २७ जेठ २०७४

काठमाडौं , जेठ २७–निर्वाचन आयोगले स्थानीय तहको दोश्रो चरणको निर्वाचनका क्रममा चुनाव चिन्ह अंकित टि–सर्ट, टोपी, झोला लगायतका जिन्सी समान मतदाताहरूलाई वितरण गर्न रोक लगाएको छ ।

आयोगका निर्वाचन आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले चुनाव प्रचारका लागि चुनाव चिन्ह अंकित टि–सर्ट, झोला, टोपी लगायतका सामग्री वितरण रोक्न सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत÷प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई आचार संहिता विपरितका कार्य रोक्न निर्देशन दिन निर्णय गरेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप