दंगलकी नायिका जायरा सवार गाडी दुर्घटना
शनिबार, २७ जेठ २०७४, १७ : ४२
मुम्बई, जेठ २७– आमिर खानको चर्चित बलिउड चलचित्र दंगलकी नायिका जायरा बसिम सवार कार दुर्घटना भएको छ । भारतको श्रीनगरमा जायरा सवार कार सडकबाट खसेर दुर्घटना भएको हो ।
शुक्रवार राती उक्त कार दुर्घटना हुँदा जायरा साथी आरिमको कारमा थिइन् । सोही कार दुर्घटनामा परेको हो ।
जायरा पटक पटक दुर्घटनामा परेर बाँचेकी छन् । दुर्घटना लगत्तै स्थानीयवासीले तत्काल जायरालाई गाडीबाट उद्धार गरी बाहिर निकालेका थिए । दुर्घटनामा परेकी जायरालाई कुनै चोट भने लागेको छैन ।
चलचित्र दंगलबाट चर्चित बनेकी जायराले ‘बेस्ट सपोर्टिङ एक्टर’का रुपमा नेशनल फिल्म अवार्ड पाएकी थिइन् । (एजेन्सी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण