बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगञ्जमा पनि लाग्यो चुनाव

शनिबार, २७ जेठ २०७४, १७ : ५२
शनिबार, २७ जेठ २०७४
वीरगञ्ज, जेठ २७– पर्सामा राष्ट्रिय जनता पार्टी बाहेकका सवै राजनीतिक दल निर्वाचनमा होमिएका छन् । संघीय समाजवादी फोरमसहितका मधेसवादी दलसमेत निर्वाचनमा होमिएपछि तत्कालिन मधेस आन्दोलनको केन्द्र वीरगञ्ज समेत तातेको छ । स्थानीय तह दोश्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने समय नजिकिदै गर्दा निर्वाचनमा सहभागी हुने सवै दलमा उम्मेदवारको निक्र्यौल, टिकट वितरण, प्रचारप्रसार तथा घरदैलो कार्यक्रम थालेका छन् । राजपा भने आफ्ना राजनीतिक माग सम्बोधन नभई चुनावमा नजाने भन्दै आएको छ । दलहरुको चुनावी कार्यक्रम बढ्दै जादा भर्खरै मात्र महानगरपालिका बनेको वीरगंजको मेयरमा कस्ता व्यक्तिले उम्मेदवारी देलान ? वीरगंजको लागि उनीहरुको एजेण्डा र कार्यक्रम के होला भन्ने चासो पनि स्थानीयमा उत्तिकै पाइन्छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत केही दलका उम्मेदवारको टुंगो लागिनसकेको भएपनि नेकपा एमालेबाट मेयर पदमा उठ्ने लगभग पक्का भएका स्थानीय व्यवसायी नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्धिन अन्सारी आफ्नो एउटै मात्र योजना विकास भएको बताउँछन् । त्यसैगरी उद्योगी एवं संघीय समाजवादी फोरम नेपालको प्रदेश कोषाध्यक्ष विजय सरावगी वीरगंञ्जलाई जीवन्त शहर निर्माण गर्न आफ्नो उम्मेदवारी रहने बताउँछन् । स्थानीय तह दोश्रो चरणको निर्वाचन आगामी असार १४ गतेका लागि तोकिएको छ । दोश्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप