खाडो खोला पस्दा एक दर्जन गाउँ डुब्ने खतरा, तिलाठीमा बाँध फुट्यो
शनिबार, २७ जेठ २०७४, १८ : ०४
[caption id="attachment_152860" align="alignleft" width="840"] फाइल तस्विर[/caption]
राजविराज, जेठ २७– लगातार तीन दिनदेखि परेको अविरल वर्षासँगै खाडो खोलामा आएको बाढीले सप्तरीको दक्षिणी र उत्तरी भेगका एक दर्जनभन्दा बढी गाउँ डुबानमा पर्ने खतरा रहेको छ ।
पूर्वी पहाडी जिल्ला र सप्तरीलगायतका तराईका ठाउँमा लगातार परेको वर्षाले खाडो खोलामा आएको बाढीले जिल्लाको सोनरा, पकरी, दिघवा, डुमरी शिवथान, महदेवा, कजोली, सकरपुरा, रम्पुरा मल्हनिया र तिलाठीलगायतका गाउँ डुब्ने खतरा रहेको स्थानीयवासीले बताएका छन् ।
अहिले खाडो खोलामा आएको बाढीले तेजगतिमा पानी बग्न थालेपछि पानीको वेगले नेपाल–भारत सिमानासँग जोडिएको दशगजा क्षेत्रअन्तर्गत निर्माण गरिएको बाँध फुटेको छ ।
जिल्लाको तिलाठीस्थित नेपाल–भारत सिमानामा निर्माण गरिएको बाँध करिब ५० मिटर फुटेर पानी बगिरहेको राजविराजबाट भारतीय बजार कुनौलीमा सामान किनमेलका लागि गएका श्याम रजकले बताए । साथै, बाँध फुटेपछि त्यहाँ आवतजावतमा समेत समस्या भइरहेको बताइएको छ ।
यस्तै, राजविराजबाट भारतको कुनौली बजार सामान किनमेलका लागि मोटरसाइकलमा गइरहेको अवस्थामा सो बाढीमा परेर राजविराज नगरपालिका–८ निवासी रामचन्द्र दासको मोटरसाइकल बगाएको प्रहरीलाई उध्दृत गर्दै स्थानीयवासीले जनाएका छन् ।
सो मोटरसाइकलमा सवार दासलाई भने स्थानीय र प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच, बाँध फुटेको ठाउँमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए । (रासस)
–––––––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण