बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कबड्डी खो–खो एकेडमीद्धारा रक्तदान

आइतबार, २८ जेठ २०७४, ०७ : ५६
आइतबार, २८ जेठ २०७४
-अमरेन्द्र यादव जनकपुरधाम, जेठ २८ - ‘रक्तदान जीवनदान रक्तदान महादान’ नाराका साथ धनुषा कबड्डी खो–खो एकेडेमीले शनिवार रक्तादान गरेको छ । धनुषा कवड्डी खोखो एकेडेमी महेन्द्रनगरले बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी धनुषाको सहजीकरणमा भएको सो कार्यक्रममा क्लवका प्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानियहरुले रक्तदान गरेका थिए ।कार्यक्रममा क्लवका अध्यक्ष केवल राउत, सदस्यहरु कृष्णा यादव, सुरेश पोखरेल, राम नारायण साह लगायत नेपाल प्रहरी र गोरखनाथ गण महेन्द्रनगरका नेपाल आर्मीहरुले रक्तदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप