प्रोत्साहन स्वरुप ह्वील चेयर र छात्रवृति
आइतबार, २८ जेठ २०७४, ०८ : ०४
-अमरेन्द्र यादव
जनकपुरधाम, जेठ २८ - अपाङगता भएका व्यस्क तथा छात्रछात्राहरुलाई ह्वील चेयर र छात्रवृति प्रदान गरिएको छ ।
हिडडुल गर्न सहज तथा प्रोत्साहन गर्ने अवधारणाका साथ क्षीरेश्वरनाथ नगरपालिकाले नगर क्षेत्र भित्रका आपाङ्गता भएका व्यक्तिहरुलाई शनिबार एक कार्यक्रमबीच ह्वील चेयर र छात्रवृति वितरण गरेको हो ।
नगरपालिका महेन्द्रनगरको आयोजना र आपाङ्ग समाज जनकपुरको सहजीकरणमा भएको कार्यक्रममा अपाङगता भएका ९ जनालाई ह्वील चेयर वितरण गरिएको हो भने छात्रछात्राको लागि ८ जनालाई छात्रवृति प्रदान गरिएको छ ।
आपाङ्गता भएको विद्यार्थीलाई विद्यालय जान आवतजावत गर्न सजिलो तथा हिडडुल गर्न सहज होस्, सिपमुलक कार्यहरु सिक्नलाई टेवा पुगोस् तथा क्षमता वृद्धि र प्रोत्साहन स्वरुप ह्वील चेयर वितरण र छात्रवृति प्रदान गरिएको हो ।
यता, छात्रवृतिमा छात्रछात्राहरुलाई स्कुल ब्याग, पाठ्यपुस्तक, कलम लगायतका अपाङगता भएका उनीहरुलाई नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले ह्वील चेयर र छात्रवृति वितरण गर्दै भने–‘यस अघि पूर्वाञ्चलका सुुन्दर दुलारी नगरपालिकामा यसरीनै एक आपाङ्गलाई ह्वील चेयर वितरण गरियो र सो आपाङ्ग भएका व्यक्तिलाई हिड्डुल गर्न र सिप सिक्न सहज भएपछि आज उनी एक कुसल मेकानिक्स भईसकेका छन् ।’
सोही अनुसार यस नगरपालिका क्षेत्र भित्रका आपाङ्ग भएका व्यक्तहरुलाई क्षमता अभिवृद्धि तथा प्रोत्साहनको निमित्त पनि ह्वील चेयर र छात्रवृति वितरण गरिएको थपे ।
उनले यस अघि हुन नसकेका नगरपालिका क्षेत्रभित्रका आपाङ्ग व्यक्तिहरुको लागि अगामी बर्षमा थप सहायत दिवा सेवा केन्द्र (डे–केयर सेन्टर) को स्थापनाको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
सहजीकरण गरेका सँस्थाका अध्यक्ष शत्रुधन लाल कर्णको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, नागरिक समाज, नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनीधि तथा अभिभावकहरुको उपस्थितिमा उक्त समाग्रीहरु वितरण गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण