निर्वाचन आयोगको पुस्तिकामा ‘ मैथिली भाषा’ विवाद
आइतबार, २८ जेठ २०७४, ०८ : १८
जनकपुरधाम, जेठ २८ - केही दिनयता मात्रै मधेशीलाई लक्षीत गरी निर्वाचन आयोगले सार्वजनिक गरेको बिविादित भिडियोको बिवादको चर्चा मधेशमा नसेलाउँदै निर्वाचन आयोगले फेरी अर्को गल्ती दोहराएको छ ।
निर्वाचन आयोगले चुनावको प्रचार प्रसार गर्न धुर्मुस–सुन्तलीद्धारा अभिनित विवादित भिडियोमा मधेशीलाई लक्षीत गरी कालो हुन्छ भनी कालो दलेर भिडियो सार्वजनिक भएपछि मधेशमा चर्चाको बिषय बनेको थियो ।
निर्वाचनको लागि प्रचार प्रसार तथा निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन आयोगले जारी गरेको निर्वाचन प्रस्नोत्तर सम्बन्धी पुस्तिाकामा मैथिली भाषालाई अशुद्ध लेखी पुनः बिवादित बनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय धनुषाले निर्वाचनको तयारी बारे जानकारीको लागि सर्वपक्षिय बैठक सो पुस्तिका प्रस्तुत गरेपछि भाषा अशुद्धी सम्बन्धि रहस्य बाहिर आएको थियो ।
कार्यक्रममा उपस्थित पत्रकार तथा भाषा जानकारहरु सो पुस्तिका अध्ययन गर्दै जाँदा पुस्तिका देखिएको भाषाको अशुद्धी उपर प्रश्न गर्दै यी कार्य तत्काल रोक्नपर्ने भन्दै चौतर्फी विरोध भएको थियो ।
यसका साथै सो पुस्तकमा महिलालाई ‘जनानी’ भनेर सम्बोधन गरिएको भन्दै सँचारकर्मीहरुले ‘महिला’ लाई ‘जनानी’ भनेर सम्बोधन अपमानजनक भएको बताइएको हो ।
यस्ता अपमानजनक शब्दहरुप्रति उपस्थितहरुले खेद प्रकट गर्दैै निर्वाचन आयोगले तत्काल सच्याउनुपर्ने सुझाव दिएका थिए ।
पुस्तिकाको चौतर्फी विरोध भएपछि निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले सो पुस्तक बाँड्न बन्द गर्ने तथा आयोगलाई यथाशिघ्र जानकारी गराई सो कार्य तत्काल रोक्नुपर्ने बताईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण