बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपाले गर्यो बैतडीमा उम्मेदवार घोषणा

आइतबार, २८ जेठ २०७४, ०८ : ४६
आइतबार, २८ जेठ २०७४
बैतडी - स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । दशरथचन्द नगरपालिका प्रमुखमा पुष्करराज जोशी लख्खा भाइ, उपप्रमुखमा अम्बिका भण्डारी, पाटन नगरपालिका प्रमुखमा रणबहादुर विष्ट, उपप्रमुखमा रमा भण्डारी, पुर्चौडी नगरपालिका प्रमुखमा बृजलाल पन्त, उपप्रमुखमा पूर्णिमा बम तथा मेलौली नगरपालिका प्रमुखमा सुरेन्द्रबहादुर चन्द र उपप्रमुखमा चन्द्रकला साउदको नाम टुङ्गो लगाएको राप्रपाका जिल्ला अध्यक्ष प्रेम चन्दले जानकारी दिए । यस्तै, शिवनाथ गाउँपालिका अध्यक्षमा रामसिंह साउद, उपाध्यक्षमा सुन्दरी महता, सिगास गाउँपालिकामा अध्यक्षमा रामसिंह साउद, उपाध्यक्षमा राजमति धामीको नाम टुङ्गो लगाएको छ । दोगडाकेदार गाउँपालिकामा अध्यक्षमा इन्द्रदेव शरण भट्ट, पञ्चेश्वर गाउँपालिका अध्यक्षमा वीरेन्द्रबहादुर चन्द, सुर्नया गाउँपालिका अध्यक्षमा देवबहादुर चन्द, डिलासैनी अध्यक्षमा देवदत्त नाथको नाम टुङ्गो लगाएको छ भने उपाध्यक्षको नाम टुङ्गो लगाउन बाँकी रहेको छ । बाँकी रहेका उपाध्यक्षको नाम र जिल्लामा रहेका ८४ वटै वडामध्ये केही वडामा चुनावी प्रचारप्रसारसँगै उम्मेदवारको टुङ्गो लगाउने काम भइरहेको राप्रपा बैतडीले जनाएको छ । उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेका स्थानमा छलफल चलिरहेकाले केही दिनमै टुङ्गो लाग्ने राप्रपाका जिल्ला अध्यक्ष चन्दले बताए । मुख्य दल नेपाली काँगे्रसले जिल्लामा उम्मेदवार टुङ्गो लगाउन नसक्दा केन्द्रमा पठाएको छ भने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति नेपालले उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । उम्मेदवार घोषणासँगै बैतडीका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा पनि चुनावी माहोल तात्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप