पोखराका प्रमुखको घोषणा : स्वागत, सम्मानमा सहभागी नहुने
आइतबार, २८ जेठ २०७४, ०८ : ५६
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गरे ।
पोखरा–७ को एयरपोर्ट टोल विकास संस्थाद्वारा निर्मित चौतारीको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले महानगरवासीको अन्तरआत्मादेखिकै सम्मानले आफू प्रमुखमा निर्वाचित भएको बताए ।
“तपाईंहरुले मत दिनु नै मेरा लागि सबैभन्दा ठूलो सम्मान हो”, उनले भने – “आगामी दिन सम्मान र बधाईको सट्टा समृद्ध महानगर बनाउने अठोटलाई साकार पार्न सबैले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”
विभिन्न सङ्घसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदा जनताको कामसमेत प्रभावित भएको महसुस गरी आफूले यो घोषणा गरेको उनको भनाई थियो ।
बधाई, शुभकामना, शुभेच्छाका साथै केही गुनासो भए राख्न दिउँसो ३ बजेपछि कार्यालयमै प्रमुखसँग भेट्ने व्यवस्था मिलाएको जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।
जनप्रतिनिधिलाई सम्मान
यसैबीच, नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं ३ द्वारा आयोजित एक कार्यक्रमकाबीच वडाबाट जननिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।
कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता, स्थानीय सङ्घसंस्था तथा शुभेच्छुकहरुले निर्वाचित वडाध्यक्ष मनबहादुर गुरुङसहित वडासदस्यहरुलाई अबिर, माला र खादाले सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराईले काँग्रेसले स्थापित गरेको लोकतन्त्र कहिल्यै कसैसँग नहार्ने उल्लेख गरे ।
कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जनताको मन जित्ने काम गरी पार्टीलाई सशक्त बनाउनु अहिलेको आवश्यकता भएको औंल्याए ।
नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं ३ का कार्यबाहक सभापति नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष मनबहादुर गुरुङ, युवा नेता अर्जुन गुरुङलगायतले पार्टीको गतिविधिमाथि प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण