देवदहमा राप्रपाबाट उमेदवार सार्वजनिक, दलित महिला उमेदवार चार जना मात्र
आइतबार, २८ जेठ २०७४, ०८ : ५९
-टंक सुनार
रुपन्देही,जेठ २८ - राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहले दोस्रो चरणको स्थानिय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट उमेदवारको घोषणा गरेको छ । शनिबार रुपन्देहीको देवदह पिपलडाँडामा आयोजित एक कार्यक्रमका बिच राप्रपा केन्द्रिय सदस्य तथा सांसद इस्तियाक अहमद खानले पार्टीको तर्फबाट मेयर, उपमेयर र वार्ड अध्यक्षहरुको नाम सार्वजनिक गरे ।
राप्रपाले देवदह नगरपालिकाको मेयर पदमा महिला उमेदवारलाई अघि सारेको छ । राप्रपाको तर्फबाट मेयरको उमेदवार अकलुन निशा मुसलमान बन्ने भएकी छन । विगत लामो समयदेखि स्वास्थ्य स्वयम सेविकाको रुपमा कार्यरत मुसलमान राजनितिमा भने खासै सक्रिय छैनन । राप्रपाले देवदह नगरपालिको उपमेरमा माधव रीमालको नाम अघि सारेको छ । राजनितिमा सक्रिय रिमाल वलियो प्रतिस्पर्धी मानिन्छन ।
राप्रपाले चाद महम्मद फकिर, तुल बहादुर गुरुङ्ग ,राजकुमार श्रेष्ठ,तेजबहादुर ठाडा, यज्ञ प्रसाद तिवारी, दुर्गा प्रसाद ढकाल, लक्षमण चौधरी, दुर्गा प्रसाद अचार्य, जितेन्द्र मल्ल र उमा रानालाई क्रमश ४ बाहेक एक देखि बाह्र नम्बर वार्डमा अध्यक्षको रुपमा अघि सारेको छ । ४ नम्बर वार्डमा भने पछि टुङ्गो लगाइने राप्रपाले जानकारी दिएको छ । राप्रपामा दलित महिला सदस्यको भने कमि देखिएको छ ।
बाह्र वटा वार्ड मध्ये जम्मा चार वटामा मात्र दलित महिला सदस्यको उमेदवारी परेको छ । सोनामती पासी, ज्योति बिश्वकर्मा, मञ्जुदेवी हरीजन र विनिता पासी राप्रपाको तर्फबाट दलित महिला सदस्य बनेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण