फिल्मी शैलीमा ट्रक दुर्घटना, एकको मृत्यु
आइतबार, २८ जेठ २०७४, ०९ : १५
-बिन्दु कुमार चौहान
लुम्बिनी, जेठ २८ - लुम्बिनी साँस्कृतिक नगरपालिका १ स्थित आईतवार बिहानै पौने तीन बजे फिल्मी शैलीमा भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ट्रक कामदार शिवराज नगरपालिका वडा नं. १ बस्ने ५५ बर्षीय मालिकराम थारुको मृत्यु भएको हो ।
रातोपाटी संवाददाताका अनुसार :
-कपिलबस्तुबाट गिट्टी बोकेर भैरहवा जान लागेको लु.१ख.६३७४नं.को अघिल्लो टायर पड्कियो ।
-तौलिहवा भैरहवा सडकखण्ड मोगलहा चौराहाको पूर्ब पट्टि अनियन्त्रित भई सडकको उत्तर दश फीट तल खस्यो ।
-डिजल टंयाकी फुट्यो र आगलागी भयो ।
-आगोमा जलेर गम्भीर घाईते भएका थारुको मेडिकल कालेज भैरहवामा लैजाँदै गर्दा मृत्यु भएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षकम पुरुषोत्तम रावत क्षेत्रीले बताए ।
-सोही दुर्घटनामा परि सोही ठाँउ बस्ने ट्रक चालक रोशन चौधरी, सोही ठाँउ बस्ने ५७ बर्षीय लहनु चौधरीको दहिने खुट्टामा चोट लागि मेडिकल कलेज भैरहवामा उपचार भईरहेको छ ।
-ट्रक आगलागी हँुदा स्थानीय तथा सशस्त्र प्रहरी बेस क्याम्पका जवानहरुले आगो नियन्त्रण लिएका थिए ।
दुई घण्टा ढिलो पुगेको लुम्बिनी साँस्कृतिक नगरपालिका र सिद्धार्थ नगरपालिकाको दमकललाई आक्रोशित भीडले ढिलो आएको भन्दै आगो निभाउन नदिई फर्काएको स्थानीय अब्दुल मोकिम मुसलमानले बताए ।
घटना स्थलबाट तीन किलोमिटर दूरीमा रहेको ईप्रका लुम्बिनीको हाता भित्र रहेको दमकल दुई घण्टा ढिलो पुग्नुका कारण बारे ईप्रका लुम्बिनीका प्रनि क्षेत्री सँग जिज्ञासा राख्दा उनले नगरपालिकाको दमकल चालक नहुदा खबर पाउने बित्तिकै प्रहरीकै जिम्मामा दमकल पठाइएको दाबी गरे ।
लुम्बिनी नगरपालिकाको दमकल पानी नभरि खाली राखेको कारण पानी भर्न लागेकोले ढिलो भएको लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यकारी अधिकृत यमबहादुर कुवरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण