पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा ओमप्रकाश शर्मा
आइतबार, २८ जेठ २०७४, ०९ : १०
वालिङ - नेपाल पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा ओमप्रकाश शर्मा निर्वाचित भएका छन् ।
शनिबार राति सम्पन्न चौथो अधिवेशनले सहमतिका आधारमा शर्माको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
लामो समयदेखि सदस्य सङ्ख्यामा विवाद रहेकाले तोकिएको मितिमा अधिवेशन हुन नसकिरहेको बेलामा शनिबार जिल्लामा रहेका पत्रकार निकट विभिन्न सङ्गठनबीच पदको भागबन्डामा सहमति भएपछि अधिवेशन टुङ्गिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा अर्जुन काफ्ले, महिला उपाध्यक्षमा भवानी अधिकारी, सचिवमा हरिप्रसाद सुवेदी, सहसचिवमा तोलाकान्त बगाले, सहसचिव समावेशीमा प्रतीक्षा काफ्ले, कोषाध्यक्षमा गोपाल जिटीसहित अन्य सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण