बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकलाख दश हजारको छात्रवृत्ति वितरण

आइतबार, २८ जेठ २०७४, ०९ : १३
आइतबार, २८ जेठ २०७४
रामपुर पाल्पा - आधारभूत माध्यमिक विद्यालय रामपुर, पाल्पामा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत अपाङ्ग, गरिब तथा जेहेन्दार २३४ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको हो । जिल्ला शिक्षा कार्यालय, पाल्पाको सहयोगमा यहाँ अध्ययनरत पाँचजनालाई अपाङ्गता छात्रवृत्ति, ९५ जनालाई बालिका छात्रवृत्ति, १०१ जनालाई दलित छात्रवृत्ति गरी जम्मा रु एक लाख १० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप