बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पनेरुको बिन्दुमा सिन्धुको बिमोचन

आइतबार, २८ जेठ २०७४, ०९ : २२
आइतबार, २८ जेठ २०७४
काठमाडौं जेठ २८ - लघुकथाकार राजन पनेरुको पहिलो लघुकथा बिन्दुमा सिन्धुको शनिबार राजधानीमा लोकार्पण भएको छ । लघुकथा समाजको आयोजनामा भएको उक्त समारोहमा लघुकथा विधामा पहिलो बिध्याबरिधि गर्ने पुस्करराज भट्टले राजन पनेरुका लघुकथामा सामाजिक बिबिधता प्रस्तुत लघुकथा संग्रहमा मानवीय समबेदना उच्च रहेको बताए । साहित्यकार डा। रवीन्द्र समीरले राजन पनेरुका लघुकथामा व्यक्तिगत, पारिवारिक,सामाजिक तथा समाजका बिबिध क्षेत्रमा अन्तर्निहित बिकृति, विसंगति र द्वैध चरित्रमाथि कुशल ढंगले प्रहार गरिएको बताए । लघुकथा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बिन्दुमा सिन्धु निकै परिष्कृत लघुकथाहरुको संग्रह भएको बताएउल्लेख गरे। लेखक राजन पनेरुले आफ्ना दुइबटा रचना बाचन गर्दै आफ्नो मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा बरिष्ठ साहित्यकार मंजु काँचुली, दमन बहादुर सिंह, तुलसीहरि कोइराला लगायतले बिचार राखेका थिए । ७४ वटा लघुकथा संग्रहित बिन्दुमा सिन्धु लघुकथा संग्रह कविडांडा साहित्य समाज, चितवनले प्रकाशन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप