घर भत्किँदा छ लाख बढीको क्षति
आइतबार, २८ जेठ २०७४, ०९ : २६
पर्वत - पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ मा वर्षाका कारण घर भत्किँदा एक परिवार विस्थापित बनेको छ ।
साविकको पाखापानी गाविस–५ खानीडाँडाका प्रेमबहादुर क्षेत्रीको तीनतले घर गएराति भत्किएको हो । विनाशकारी भूकम्पका कारण आंशिक क्षति पुगेको उक्त घर शुक्रबार साँझ आएको वर्षाका कारण पूर्णरुपमा भत्किएर क्षति पुगेको वडा सचिव झलक शर्मा पौडेलले जानकारी दिए ।
घर भत्किँदा रु छ लाखभन्दा बढीको क्षति पुगेको छ । घर भत्किएपछि क्षेत्रीको चारजनाको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसेको सचिव पौडेलले जानकारी दिए ।
भूकम्पकै कारण भएको क्षतिले घर भत्किएकाले क्षतिपूर्ति उपलब्ध गराउन पीडित क्षेत्रीले माग गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएको क्षेत्री परिवार घर भत्केपछि खुल्ला आकासमुनि बस्नु परेको भन्दै चिन्तित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण