बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेतमा खुल्यो अनलाईन शपिङ

आइतबार, २८ जेठ २०७४, ०९ : ५०
आइतबार, २८ जेठ २०७४
सुर्खेत, जेठ २८– देशका ठूला शहरमा मात्र केन्द्रित रहेको अनलाईन शपि∙ अब सुर्खेतमा आईपुगेको छ । सोचेको डट कमले उपभोक्तालाई सहज तथा सुपथ मूल्यमा घरदैलोमै सेवा पु¥याउने उद्देश्यले वीरेन्द्रनगरमा आफ्नो फ्रेन्चाईजी सञ्चालनमा ल्याएको हो । सोचेको डट कमका प्रबन्ध निर्देशक शैलेश लोहनीले अब उपभोक्ताले खोजेको, रोजेको वस्तु एकै ठाउँमा सुपथ मूल्यमा आफूहरु प्रतिवद्ध रहेको बताएको छ । वीरेन्द्रनगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनले स्थानीय ज्वाला कम्प्यूटर सप्लायर्स मार्फत अनलाईन सपिङ्ग शुरु गरिएको जिकिर गरे । पत्रकार सम्मेलनमा स्थानीय ग्राहक कल्पना विष्टले अनलाईन सपिङ्ग वर्तमान परिवेशमा धेरै सहज र सरल बन्दै गईरहेको बताईन् । उनले अनलाईनबाट गरिने खरिद मूल्य समेत सुपथ रहेको उल्लेख गरिन् । उनका अनुसार अनलाईन सपिङ्गबाट समयको बचतसँगै सस्तो समेत हुने गरेको छ । नेपालमा पछिल्लो समय अनलाईन सपिङ्ग बजार बढ्दो क्रममा रहेका यसको विस्तारका भईरहेको बताईएको छ । सन २०१२ देखि शुरु भएको अनलाईन सपिङ्ग सूचना प्रविधिको विकाससँगै गाउँमासमेत आफ्नो बजार विस्तार गरिरहेको प्रबन्धक निर्देशक लोहनीले बताए । उनले अनलाईन मार्फत दैनिक उपभोग्य वस्तुदेखि मेशीनसम्म विक्री वितरण भईरहेको जनाए । उनका अनुसार अनलाईन सपिङ्ग मार्फत विक्री भएका कुनैपनि वस्तुमा डिफोल्ड भए फिर्ता गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप