क्लिङ्करको धुलो उड्दा स्वास्थ्यमा गम्भीर असर
आइतबार, २८ जेठ २०७४, ०९ : ५८
वीरगन्ज - छिमेकी मुलुक भारतबाट आउने क्लिङ्करको धुलो उड्दा भन्सार क्षेत्र धुलाम्य हुनुका साथै वायु प्रदूषण बढ्नाले मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ ।
सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङ्कर बोकेको ट्रक त्रिपालले छोपिए तापनि त्यसको कण उड्ने गरेकाले वायु प्रदूषण बढ्नुका साथै त्यहाँका कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको पीडितको गुनासो रहेको छ ।
सीमावर्ती भारतको रक्सौलबाट प्रतिदिन ५० देखि ६० वटा ट्रक क्लिङ्कर बोकी वीरगन्ज बजारको बाटो भएर नेपाल भित्रिने गरेकाले त्यसको धुलो उड्दा नेपाल–भारतको सीमामा रहेको शङ्कराचार्य द्वार पनि धुलाम्य हुँदा त्यसको सौन्दर्य धुमिल हुँदै गएको छ भने त्यस क्षेत्रका बासिन्दामात्र नभएर रुख बिरुवा पनि क्लिङ्करको धुलोले सेतो देखिन थालेका छन् ।
यसरी आउने क्लिङ्करलाई भन्सार कार्यालयले व्यवस्थित रुपमा बस्तीभन्दा ठाढाको बाटोबाट ल्याउन अनुमति दिनुपर्ने भनाइ उद्योगपति तथा समाजसेवी प्रदीप केडियाको रहेको छ ।
पर्सा, बारामा रहेका १० वटा सिमेन्ट उद्योगका लागि दैनिक ६० वटा ट्रक क्लिङ्कर बोकेर भन्सारको बाटो गरी नेपाल भित्रिने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
अव्यवस्थित रुपमा ल्याउने क्लिङ्करको धुलोले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेपछि भारतको रक्सौलमा र नेपालको भन्सार क्षेत्र, बाइपास क्षेत्रमा धुलो उड्ने भएकाले यसलाई व्यवस्थित गर्न आफूले नेपाल र भारतका सरकारसँग अनुरोध गरेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश शर्माको भनाइ रहेको छ ।
क्लिङ्करको धुलो उडेर आँखा, नाक, कान, मुखमा पस्ने गरेका कारण त्यस भेगका मानिस विभिन्न रोगको सिकार हुने गरेकाले यसप्रति नेपाल सरकार गम्भीर हुनुपर्ने माग वीरगन्जवासीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण