खम्बुवान राष्ट्रिय मोर्चा चुनावी तयारीमा
आइतबार, २८ जेठ २०७४, ०९ : ४४
जेठ २८, काठमाडौं– खम्बुवान राष्ट्रिय मोर्चाले दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर १ का १२ जिल्लाबाट उम्मेदवारी दिने भएको छ । अरुण पुर्वका ९ जिल्लालाई खम्बुवान राज्यको माग गर्दै आन्दोलनमा रहेको मोर्चाले १ नम्बर प्रदेशका सिरहा र सप्तरी बाहेकका १२ जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारी दिने भएको हो । मोर्चाका केन्द्रीय उपाध्यक्ष भूपी कोयीले संगठन बिस्तार भएका स्थानहरुमा एकल उम्मेदवार खडा गर्ने र अन्य स्थानमा मोर्चाको सिद्धान्त र विचार मिल्ने दलसँग गठबन्धन गरेर जाने बताए ।
मोर्चाले सुनसरीको २ उपमहानगरपालिकामा मेयर र उपमेयरसहित गाउँपालिका र वडाहरुमा उम्मेदवारको घोषणा गरेको छ । मोर्चाले धरान उपमहानगरपालिकामा मेयर पदका लागि भीमबहादुर तिम्सिना र उपमेयरमा नरदेवी राईको नाम सार्वजनिक गरेको छ भने ७ वटा वडामा वडाअध्यक्षसहित सदस्यहरुको नाम पनि सार्वजनिक गरेको छ । त्यस्तै इटहरी उपमहानगरपालिकामा मेयरका लागि मच्छिन्द्र राई र उपमेयरमा भद्रकुमारी राईलाई अघि सारेको छ भने ४ वटा वडामा वडाअध्यक्षसहित सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण