बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्वजनिक गाडीमा पुरुष यात्रीले खुट्टा फैलाएर बस्न नपाउने भन्दै अभियान सुरु

आइतबार, २८ जेठ २०७४, १० : १९
आइतबार, २८ जेठ २०७४

बीबीसी

जेठ २८ – स्पेनको राजधानी मेड्रिडमा परिवहन विभागले ती पुरुष यात्री विरुद्ध विशेष अभियान चलाएको छ जसले सिटमा खुट्टा फैलाएर बस्ने गर्दछन् ।

मेड्रिडमा बसको संचालन गर्ने इएमटीले नयाँ संकेत लगाइरहेको छ जसमा पुरुषलाई सिटमा खुट्टा फैलाएर बस्न प्रतिबन्ध गरेको छ ।

यस्तै प्रकारको अभियान शहरको मेट्रो सिस्टममा सुरु गरिएको छ ।

यो अभियान महिलाहरुको एक संगठनको त्यो अनलाइन याचिका पछि सुरु गरिएको हो जसमा पुरुषलाई यात्राको क्रममा सिटमा खुट्टा फैलाएर बस्नका लागि प्रतिबन्ध लगाउनुपर्ने भनिएको थियो ।

म्यानस्प्रेडिङ शब्दलाई दुई वर्ष पहिले अक्सफोर्ड डिक्सनरीमा समावेश गरिएको थियो ।

संसारभरीको चार अन्य शहरमा पहिलेदेखि नै यस्तो प्रकारको अभियान चलाइएको थियो ।

इएमटीको एक बयान अनुसार यो नयाँ संकेतको उद्देश्य पुरुष यात्रीलाई बसमा यात्रा गर्ने क्रममा सबै यात्रीको ख्याल राख्नुपर्ने र खुट्टा फैलाएर बस्न नहुने भनी याद दिलाउनु छ ।

अनलाइन याचिका दाखिल गर्ने महिला संगठनका अनुसार महिला यात्री खुट्टा खुम्च्याएर बस्न बाध्य हुन्छन् किनभने नजिकै बसेका पुरुष सहयात्रीले टाङ फट्याएर उनीहरुको स्थान पनि ओगटेका हुन्छन् जुन निकै लज्जास्पद देखिन्छ ।

#MadridSinManspreading (#MadridWithoutManspreading) ले सोसल मिडियामा निकै समर्थन पाएको छ ।

सन् २०१४ मा न्यूयोर्कको मेट्रोपोलिटन ट्रान्सपोर्ट अथोरिटीले यात्राको क्रममा टाङ फट्याएर बस्ने पुरुष यात्रीविरुद्ध अभियान चालेको थियो । शहरको मेट्रोको ठाउँठाउँमा साइबोर्ड लगाइएको छ, ‘डूड...कृपया खुट्टा नफैलाइकन बस्नुहोस् ।’

यसका साथै फिलाडेल्फियाले पनि ‘डूड, इट्स रुड’ नामक अभियान चलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप