बर्दियाका प्रमुख दल गाउँगाउँ पुग्न थाले
आइतबार, २८ जेठ २०७४, १० : २३
गुलरिया २८ जेठ । मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन् ।
बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न होमिएका छन् ।
विसं २०७१ साउनको बाढीबाट बर्दियामा करिब तीन हजार ४०० भन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापितले पनि आफूलाई पुनर्वास नगराएसम्म मतदान नगर्ने चेतावनी दिन थालेपछि राजनीतिक दलले पनि उनीहरुका एजेन्डा समेटेर चुनावमा होमिएका हुन् ।
एमाले, काँग्रेस, माओवादी केन्द्र र राप्रपाले उठाएका अधिकांश चुनावी मुद्दा समान छन् । उनीहरूले पुनर्वास, लालपुर्जा, सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटनका विषयलाई चुनावी मुद्दासमेत बनाउन थालेका छन् । सदरमुकाम गुलरियामा डेरा जमाएर बसेका विभिन्न नेतालाई यतिखेर यस्ता मुद्दा लिएर गाउँगाउँ र टोलटोलमा जान भ्याई नभ्याई छ ।
बर्दियामा चुनावमा सहभागिता जनाउन २० दल दर्ता भएका छन् । हालसम्म कुनै पनि दलले नगरपालिकामा प्रमुख, उपप्रमुख र गाउँपालिकामा अध्यक्ष कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन् ।
काँग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो नलगाए पनि आफ्नो पोल्टामा जित पार्न एजेन्डा लिएर आफ्नो दललाई जिताउन आग्रह गर्दै जनताको दैलोमा मत माग्न दलहरु व्यस्त रहेका छन् । यसैगरी, मुख्य तीन दलले वडाध्यक्ष र सदस्य छनोट गर्ने कामलाई पनि तीव्रता दिएका छन् । रासस
––––––––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण