गुल्मीमा पहिलो महिला गाउँ प्रमुख उमेदवार बनिन् थापा
आइतबार, २८ जेठ २०७४, २१ : १६
प्रेम सुनार
गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महिला उमेदवार भने एक जना मात्रै उठाइएको छ । तीन प्रमुख दल सहित ११ वटा क्रियाशील राजनैतिक दलहरुमध्ये माओवादी केन्द्रले मात्र इस्मा गाउँपालिका प्रमुख उमेदवारमा महिला उठाएको हो ।
नेकपा माओवादी केन्द्र ईस्मा गाउँपालिका कमिटीको आइतबार वसेको बैठकले इस्मा गाउँपालिका प्रमुख पदमा विमला थापालाई उठाउने निर्णय गरी उनको नेतृत्वमा आजै सो पार्टीले आफ्नो प्यानल घोषणा गरेको जनाइएको छ । इस्मा वडा नम्वर ५ , साविकको ईस्मारजस्थल गाविसकी ३७ वर्षीया थापा माओवादी जनयुद्धकाल देखिकी सक्रिय कार्यकर्ता रहेको र अनेम संघ (क्रान्किारी ) की जिल्ला सदस्य तथा ईस्मा गाउँपालिका स्तरिय संगठनकी कोषाध्यक्ष हुन् ।
यहाँका कुनै पनि दलले महिलालाई प्रमुख पदको उमेदवार नउठाएको अवस्थामा आफुहरुले लामो समय देखिकी सक्रिय कार्यकर्ता थापाको योगदानको कदर गर्दै प्रमुख पदमा उमेदवार उठाएको सो पार्टीको पोलिट्व्युरो सदस्य तथा जिल्ला ईञ्चार्ज दिनेश पन्थीले बताए ।
त्यस्तै उनको प्यानलमा माओवादी केन्द्रका जिल्ला सदस्य दुर्गाचन्द्र बोहरा उप प्रमुखको उमेदवार चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६७ वर्षका बिरामीको विनाचिरफार मस्तिष्कको जटिल उपचार सफल
-
चिनियाँ चार प्रमुख सहरका मौलिक कलाकृतिको राजधानीमा प्रदर्शनी
-
साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण