बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कैलाली प्रहरीको बचपना, कन्फ्पूज भयो भन्दै निर्दाेषलाई हिरासतमा

आइतबार, २८ जेठ २०७४, २१ : २२
आइतबार, २८ जेठ २०७४
रञ्जित लामा धनगढी, जेठ २८– शनिबार एक अनुसन्धानमा कैलाली प्रहरीको बचपना देखिएको छ । अनुसन्धानमा ठहर नै नभइ १८ जना निर्दाेषलाई १ रात हिरासतमा लिएको छ । हिरासतपछि कन्फ्यूज भयो भन्दै आईतबार दिउँसो १ बजे मात्र उनीहरुलाई हिरासत मुक्त गरिएको हो । शनिवार गोदावरी खोला बालुवा ढुवानीका लागि गएका १८ वटा ट्रयाक्टर चालक सहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको थियो । मोहना नदिबाट अबैध रुपमा बालुवा निकासि हुदैछ भन्ने अपुष्ट खबरकै आधारमा उनीहरुलाई प्रहरी निरीक्षक इन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले बिना चेकचाँज नै नियन्त्रणमा लिएको हो । हिरासतमा लिएको दोश्रो दिनपछि मात्र प्रहरी झुक्किएर चालक र ट्रयाक्टर समातिएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बीरबहादुर घर्तीमगरले स्वीकार गरेको छ । बिहान ट्रयाक्टर मालिकले काटेको रोयल्टी हेर्दा प्रहरी अलमलमा परे । जिविसको सामान्य ढुवानीको नियमबाट अनविज्ञ रहेका कैलालीका प्रहरीले जिविसमा सोधपुछ गरेपछि मात्र ती समातिएका ट्रयाक्टर चालकहरु निर्दाेष रहेको थाहा पाए । जब कि ट्रयाक्टरहरु जिल्ला विकास समितिले तोकेको रोयल्टी तिरेको रसिद सहित बालुवा ढुवानीका लागि गोदावरी खोलामा गएका थिए । प्रहरीको बचपना ! यो घटनामा प्रहरीको बचपना स्पष्ट देखिएको छ । प्राप्त सूचनालाई रुजु नै नगरी बिना चेकचाँज नै अपराधी सोसरह हिरासतमा लिएको देखिन्छ । जि.वि.स.को सामान्य नियमबाट बेखबर रहेर प्रहरीले बैध र अबैधको सामान्य भिन्नता पनि छुट्टयाउन नसकी हचुवाकै आधारमा नियन्त्रणमा लिनुले कैलाली प्रहरीको बचपना थप पुष्टि भएको छ । सामान्य गरिखाने मजदूरलाई नियन्त्रणमा लिएर भोकभोकै एक रात थुनुवा कक्षमा राखिएको घटनाले यतिखेर निकै ब्यापकता पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप