‘मिस यूनिभर्स नेपाल’ सोफिया उडिन् अमेरिका

‘मिस यूनिभर्स नेपाल २०२२’ कि विजेता सोफिया भुजेल अमेरिका उडेकी छिन् । ‘मिस यूनिभर्स’ मा प्रतिस्पर्धा गर्न उनी शनिबार साँझ अमेरिका उडेकी हुन् । त्रिभुवन विमानस्थलमा ‘मिस यूनिभर्स नेपाल’ की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले सोफियालार्ई विमानस्थलमा बिदाइ गरेको थियो ।
विमानस्थलमा मिडियाकर्मीसँग कुरा गर्दै सोफियाले भनिन्, ‘म यसपटक नेपालमा मिस यूनिभर्सको ताज भित्राउन उत्साहित छु । यसका लागि म आफ्नो उत्कृष्ट प्रस्तुति मिस यूनिभर्सको स्टेजमा दिनेछु ।’ उनले यसपटक आफूले तयारी पनि निक्कै राम्रो गरेको बताइन् ।
मिस यूनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस यूनिभर्स’ को ७१ औँ शृङ्खलाको ताज नेपाल भित्रिनेमा विश्वस्त देखिएको छ । ‘मिस यूनिभर्स’को स्टेजमा सोफियाले नेपाली संकृती झल्कने पहिरन समेत तयार पारेको बताएकी छिन् ।
जनवरी १४ मा विश्वका ८५ भन्दा बढी देशका प्रतिस्पर्धीहरूले ‘मिस यूनिभर्स’को ताजका लागि प्रतिस्पर्धा गर्नेछन् । सोफियाले आफ्नो यो यात्रामा साथ दिन सबै नेपालीहरुसँग आग्रह पनि गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक
-
पोर्चुगलमा 'अफगानिस्तानको आगो’ लोकार्पण
-
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड
-
वाईसीएल अध्यक्षमा ओली लगभग पक्का, अन्य नेताको व्यवस्थापनका लागि विधान संशोधन गरिँदै
-
महिमानसिंह विष्टको रिट हेर्न नमिल्ने
-
कर्णालीको नीति तथा कार्यक्रम : नयाँ शैलीमा पुरानै विषय