पहिलो बैठकमै लक्ष्मण किशोरको चेतावनी : टीकापुर घटनाको निकास नदिए माघपछि सदन चल्न दिँदैनौ
कैलाली । नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले माघपछिका संसदका कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेशसभाको सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले सो चेतावनी दिएका हुन् ।
‘हाम्रो लागि आजदेखि ५ वर्ष चुनौती र अवसरको रुपमा रहेको छ । हामीले ५ वर्षमा काम गर्न नसके व्यर्थ जाने निश्चित छ । त्यसैले हामी गम्भीर हुन जरुरी छ’, उनले भने, ‘२०७२ मा संविधान लेखन हुँदै गर्दा टीकापुर घटना घट्यो । राजनीतिक अधिकारको क्रममा घटना घट्यो । तर राज्यले हाम्रो समुदायलाई ठूलो अन्याय गरेको छ । टीकापुर घटनालाई ७ वर्षसम्म सरकारले निकास सकेको छैन । घटना अपराधिक होइन, राजनीतिक घटनाको रुपमा निकास खोज्नुपर्छ । घटना समाधानले मात्रै समाज विकास हुनेछ । यदि माघभित्रै निकास नदिए माघपछिको अधिवेसन चल्न दिने छैनौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
-
बारम्बार दुर्गन्धित वायु प्रवाह हुनु कलेजो बिग्रिएको सङ्केत हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण