पहिलो बैठकमै लक्ष्मण किशोरको चेतावनी : टीकापुर घटनाको निकास नदिए माघपछि सदन चल्न दिँदैनौ

कैलाली । नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले माघपछिका संसदका कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेशसभाको सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले सो चेतावनी दिएका हुन् ।
‘हाम्रो लागि आजदेखि ५ वर्ष चुनौती र अवसरको रुपमा रहेको छ । हामीले ५ वर्षमा काम गर्न नसके व्यर्थ जाने निश्चित छ । त्यसैले हामी गम्भीर हुन जरुरी छ’, उनले भने, ‘२०७२ मा संविधान लेखन हुँदै गर्दा टीकापुर घटना घट्यो । राजनीतिक अधिकारको क्रममा घटना घट्यो । तर राज्यले हाम्रो समुदायलाई ठूलो अन्याय गरेको छ । टीकापुर घटनालाई ७ वर्षसम्म सरकारले निकास सकेको छैन । घटना अपराधिक होइन, राजनीतिक घटनाको रुपमा निकास खोज्नुपर्छ । घटना समाधानले मात्रै समाज विकास हुनेछ । यदि माघभित्रै निकास नदिए माघपछिको अधिवेसन चल्न दिने छैनौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?
-
रेमिट्यान्स कर लगाउन खोज्दैछन् ट्रम्प
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !