जाडोमा धेरैको रोजाईमा पर्ने ‘हट रम पन्च’ यसरी बनाउनुहोस् (भिडियो)
जाडो मौसममा रुघा–खोकी जोसुकैलाई पनि लाग्न सक्छ । यो मौसममा शरीरलाई तातो बनाउने खानेकुरा खान सल्लाह पनि दिने गरिन्छ । शरीर तातो हुन्छ भनेर कतिले जाडो महिनामा पेय पदार्थमा रम पनि खाने गर्छन् । रममा अल्कोहोलको मात्रा बढी हुने भएकोले धेरै खाँदा यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । जाडो महिनामा शरीर तातो बनाउने भन्दै मानिसहरुले धेरै मद्यपान गर्दा विभिन्न स्वास्थ्य समस्या निम्तिने गरेको डाक्टरहरु बताउँछन् ।
तर उमेर पुगिसकेका र इच्छा लागेका मानिसहरुले रम सिमित मात्रामा खाने हो भने यसले चिसो मौसममा शरीरलाई तातो राख्नुका साथै कतिपय अवस्थामा रुघा–खोकीबाट समेत छुटकारा दिलाउने गर्छ । रमलाई केही अन्य खानेकुरासँग मिसाएर एक विशेष खालको पेय पदार्थ बनाउन सकिन्छ जसलाई हट रम पन्चसमेत भन्ने गरिन्छ । जाडो महिनामा रेष्टुरेन्टमा धेरै माग हुने पेय पदार्थ हट रम पन्च भएको सोह्रखुट्टेमा अवस्थित फुडालय रेष्ट्रोका सञ्चालक नवराज गौतमले बताएका छन् ।
उनै गौतमले हट रम पन्च बनाउने तरिका भिडियोमार्फत् सिकाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण