बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा धेरैको रोजाईमा पर्ने ‘हट रम पन्च’ यसरी बनाउनुहोस् (भिडियो)

सोमबार, १८ पुस २०७९, १५ : ४१
सोमबार, १८ पुस २०७९

जाडो मौसममा रुघा–खोकी जोसुकैलाई पनि लाग्न सक्छ । यो मौसममा शरीरलाई तातो बनाउने खानेकुरा खान सल्लाह पनि दिने गरिन्छ । शरीर तातो हुन्छ भनेर कतिले जाडो महिनामा पेय पदार्थमा रम पनि खाने गर्छन् । रममा अल्कोहोलको मात्रा बढी हुने भएकोले धेरै खाँदा यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । जाडो महिनामा शरीर तातो बनाउने भन्दै मानिसहरुले धेरै मद्यपान गर्दा विभिन्न स्वास्थ्य समस्या निम्तिने गरेको डाक्टरहरु बताउँछन् ।

तर उमेर पुगिसकेका र इच्छा लागेका मानिसहरुले रम सिमित मात्रामा खाने हो भने यसले चिसो मौसममा शरीरलाई तातो राख्नुका साथै कतिपय अवस्थामा रुघा–खोकीबाट समेत छुटकारा दिलाउने गर्छ । रमलाई केही अन्य खानेकुरासँग मिसाएर एक विशेष खालको पेय पदार्थ बनाउन सकिन्छ जसलाई हट रम पन्चसमेत भन्ने गरिन्छ । जाडो महिनामा रेष्टुरेन्टमा धेरै माग हुने पेय पदार्थ हट रम पन्च भएको सोह्रखुट्टेमा अवस्थित फुडालय रेष्ट्रोका सञ्चालक नवराज गौतमले बताएका छन् ।

उनै गौतमले हट रम पन्च बनाउने तरिका भिडियोमार्फत् सिकाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप