विदेशी रकमसहित उदयपुरबाट एक युवक पक्राउ
उदयपुर । चोरीको आरोपमा उदयपुर त्रियुगा नगरपालिका ११ मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । डलर, भारु, युरोसहित खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० पाथेका २१ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
मिनी मार्केट नजिकैको गिफ्ट पसलमा पेस्तोल किन्न भन्दै गएका गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले बताए । गिफ्ट पसलमा पेस्तोल पाइन्छ भनी सोधिरहेको सूचना पाएपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पोदारले बताए ।
पक्राउ परेका गिरीसँगको प्रारम्भिक सोधपुछमा ५/६ दिनयता उनी गाईघाट बजारको मेलिना होटलमा रहेको खुलेको प्रहरी नायव उपरीक्षक पोदारले बताए । गिरी बस्दै आएको होटलमा खनतलासी गर्दा नेपाली रुपैयाँ १ लाख ८५ हजार ४ सय १५, अमेरीकी डलर २ सय ९२, भारतीय रुपैयाँ २ लाख ५९ हजार एक सय र ८० युरो बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान, सुन जस्तो देखिने पहेँलो धातुको औँठी १, घडी १ थान, मोबाइल, बुद्धचित्त र रुद्राक्षको एउटा माला र ४ वटा सिमाला बरामद भएको प्रहरी नायव उपरीक्षक पोदारले बताए । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण