सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता
भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो । महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जनाएको छ ।
आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ । सहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको महानगर प्रमुख रेणु दाहालले बताइन् । स्थानीय तहमा पहिलोपटक महानगरले यो कार्यक्रम ल्याएको हो । यसबाट केही हदसम्म भए पनि प्रभावित परिवार लाभान्वित हुने उनको भनाइ छ ।
आर्थिक सहायताका लागि आधिकारिक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ । महानगरले गत वर्ष पनि जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवारलाई सम्मान गर्दै नगद भत्ता वितरण गरेको थियो ।
महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलका अनुसार गत आवबाट सहयोग दिन थालिएको हो । ती परिवारलाई मासिक रु दुई हजारका दरले सहयोग दिने गरी कार्यविधि बनेको छ । गत वर्ष १३ बेपत्ता परिवार र ४७ सहिद परिवारले सहयोग लिएका थिए । यसरी सहयोग लिनेमा सशस्त्र द्वन्द्वमा परेका माओवादी, नेपाल प्रहरी, नेपाली सेनाका परिवार रहेको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण