सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको सडक खाना महोत्सवमा दुई करोडको कारोवार

मङ्गलबार, १९ पुस २०७९, १० : ०१
मङ्गलबार, १९ पुस २०७९

रुपन्देही । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आयोजना गरिएको तीन दिने सडक खाना महोत्सव सकिएको छ । बुटवलको कालिकापथमा आयोजना गरिएको चाैथो सडक खाना महोत्सवमा दुई लाख दर्शकले अवलोकन गरेका छन् भने दुई करोड मूल्य बराबरको कारोवार भएको आयोजकले जनाएका छन् ।

पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ आयोजना गरिएको थियो । सडक खाना महोत्सवले सहभागी स्टलधनीहरुलाई पनि व्यवसाय गर्ने उपयुक्त अवसर प्रदान गरेको संघका महासचिव माधवकुमार खनालले बताए ।

महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुगेको संघका अध्यक्ष रामप्रसाद गौगमले उल्लेख गरे । बुटवल उपमहानगरपालिका वडा न–९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा खाना महोत्सव गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप