बुटवलको सडक खाना महोत्सवमा दुई करोडको कारोवार
रुपन्देही । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आयोजना गरिएको तीन दिने सडक खाना महोत्सव सकिएको छ । बुटवलको कालिकापथमा आयोजना गरिएको चाैथो सडक खाना महोत्सवमा दुई लाख दर्शकले अवलोकन गरेका छन् भने दुई करोड मूल्य बराबरको कारोवार भएको आयोजकले जनाएका छन् ।
पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ आयोजना गरिएको थियो । सडक खाना महोत्सवले सहभागी स्टलधनीहरुलाई पनि व्यवसाय गर्ने उपयुक्त अवसर प्रदान गरेको संघका महासचिव माधवकुमार खनालले बताए ।
महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुगेको संघका अध्यक्ष रामप्रसाद गौगमले उल्लेख गरे । बुटवल उपमहानगरपालिका वडा न–९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा खाना महोत्सव गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण