सुनको भाउ १ लाख २ हजार ६ सय रुपैयाँ पुग्यो, चाँदीको कति ?
मङ्गलबार, १९ पुस २०७९, १२ : ०९
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा नै ९ सय रुपैयाँले बढ्दै १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको हो । जुन गत ८ महिना यताकै उच्च मूल्य हो ।
गत वैशाख ५ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत सोही दरमा बढेर आज प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले मात्रै बढ्दै १ हजार ४१० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण