आज पनि बढ्यो सुनको मूल्य
बुधबार, २० पुस २०७९, ११ : ४३
काठमाडौं । पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको भाउ आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ ।
हिजो एकैदिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ पुगेको थियो । यस्तै, हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम थियो । आज मूल्य बढेसँगै तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ४०० रुपैयाँ छ ।
सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण