सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल विज्ञापन संघको २३ औँ साधारणसभा सम्पन्न

बुधबार, २० पुस २०७९, १६ : २८
बुधबार, २० पुस २०७९

काठमाडौं । नेपाल विज्ञापन संघको २३ औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संघका अध्यक्ष सोम प्रसाद धितालको अध्यक्षता तथा सञ्चार तथा सूचना प्रविधि सचिव डा. वैकुण्ठ अर्यालको प्रमुख आतिथ्यतामा राजधानीमा सम्पन्न भएको हो । 

बिहान बन्दसत्रबाट सुरु भएको साधारण सभालगत्तै अन्तरक्रिया गरिएको थियो । जसको पहिलो सत्रको सहजीकरण अध्यक्ष धितालले गरेका थिए भने प्यानलिष्टमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ थिए । यस्तै दोस्रो सत्रको सहजीकरण आनका सल्लाहकार रन्जितराज आर्चायले गरेका थिए भने प्यानलिष्टहरुमा मिडिया सोसाइटिका अध्यक्ष शुभ शंकर कँडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का सचिव डा वैकुण्ठ अर्याल थिए । 

उक्त कार्यक्रममा सघंका सदस्य एजेन्सीहरूले  विज्ञापन उद्योग, ऐन, नियम, कार्यविधि र आचार संहिताको बारेमा विभिन्न जिज्ञासा र प्रश्नहरू राखेका थिए । उक्त कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, संघका पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू, विज्ञापन बोर्डका प्रतिनिधिहरू र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति थियो । 

कार्यक्रममा धितालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरूको बारेमा सभालाई जानकारी गराउँदै समस्या समाधानमा जोड दिए । संघका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौती र समाधानको विषयमा उजागर गरे । यसैगरी विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले बोर्डबाट काम भइरहेको र धैर्य गर्न आग्रह गरे । यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले विज्ञापन नीति आवश्यक रहेको बताए । 

यस्तै मन्त्रालयका सचिव अर्यालले यस क्षेत्रका समस्याहरू लिखित रूपमा जानकारी गराउन अनुरोध  गर्दै बजार अनुसन्धान गर्न आबह्यक रहेको बताए । सो अवसरमा  विज्ञापनदाता तर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डावर नेपाल, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला), शंकर ग्रुप, जाउलाखेल गु्रप अफ इन्डष्«िट, एनआइसि एसिया बैक लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र  विज्ञापन एजेन्सी तर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई सम्मानित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप